एकैदिन थपिए यति धेरै संक्रमित :

काठमाण्डौ । कोरोना भाइरसको त्रास नेपालमा पनि कम छैन । दिनहुँ रुपमा सयौं सक्रमित थपिने क्रम जारी रहेको छ भने अहिलेसम्म नेपालमा संक्रमितको संख्या २४ हजार नाघिसकेको छ । संक्रमित बढ्ने क्रममा आज सोमबार पनि थप ५ सय २५ जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिले कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ भने ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै अहिलेसम्म १६ हजार ८ सय ३७ जना संक्रमितहरु भने सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् भने हाल ८ हजार २५ जना संक्रमितलाई भने विभिन्न आइसोलेसनमा राखेर उपचार गरिँदैछ । अझै पनि विभिन्न ठाउमा बनाइएको क्वारेन्टाइनमा गरेर कूल १४ हजार ७ सय ६९ जना व्यक्ति अहिले क्वारेन्टाइनमा रहेको स्वास्थ मन्त्रालयले जनाएको छ । यससँगै अहिले विश्वभरमा संक्रमितको कूल संख्या २ करोड ८ लाख ३६ हजार ४० पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *