कान्तिपुरका बरिष्ठ पत्रकार तीन दिनदेखि बेपत्ता

काठमान्डौ
साउन २८
कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँ तीन दिनदेखि बेपत्ता भएका छन्।बुधबार बिहानम उनी हराएको भन्दै उजुरी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।उनका अनुसार, कान्तिपुर दैनिकले नै उनी तीन दिनदेखि सम्पर्कमा नरहेको भन्दै उजुरी गरेको थियो। बिहान मात्र कान्तिपुरले उजुरी गरेको थियो र चाडै अब खोजि कार्य सुरु गर्ने बताए।
प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए। प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए। त्यस पछि उनि गायब भएका छन् भने अन्तिम मोबाइल लोकेसन बल्खुमा देखिएको थियो।
‘अन्तिम मोबाइल लोकेसन यहाँ देखिएकाले हामी बल्खु आएका छौं,’ शर्माले भने,‘प्रहरीले पनि अनुसन्धान गरिरहेको छ।’
तनुहँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए।