पूर्व मेयरको कोरोना संक्रमणबाट मृत्यु

काठमान्डौ
साउन २८
यति बेला नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारि छ भने मृत्यु हुनेको संख्या पनि बढ्दै छ। यहि क्रममा तत्कालीन जनकपुर नगरपालिकाका मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौँ स्थित एक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो ।

उनको छोरा डा. सन्तोष गिरीले उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको जानकारी दिए ।

२० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना रहेका ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि अस्पतालले गरेको छैन ।

उनलाई जनकपुरमै मुटु रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *