सुदूर पश्चिममा कोरोना निको हुनेमा वृद्धि

कैलाली –
सुदूरपश्चिमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ हजार ५५ पुगेको छ । हिजो मंगलबार कञ्चनपुरका १४ जना निको भएर घर गएसँगै निको हुनेको संख्या ४ हजार ५५ पुगेको हो । ४१ हजार ३३३ जनाको र्थोट स्वाब नमुना जाँच बाटनै ४ हजार ७९५ मा संक्तमण पुष्टि भएको स्वास्थ निर्देशनालय डोटीले जनाएको छ ।
हाल क्वारेन्टिनमा १ हजार ९९० पुरुष र ७ सय १८ महिला रहेका छन् ।