फेसबुकमा आफ्नो मात्र फोटो राखेको निहुँमा प्रेमीले झारिदिए प्रेमिकाको तीनवटा दाँत [पुरा पढ्नुस]

काठमान्डौ
साउन २८

बिश्वमा धेरै नै अचम्म लाग्दा घटना हरु घट्ने गरेका छन्। तर कहिले काही यति सम्म अचम्म लाग्दा घटना घट्ने गर्छन कि पत्याउन समेत गार्हो पर्छ। यस्तै एउटा घटना बेलायतमा घटेको छ। फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको निहुँमा एक प्रेमीले प्रेमिकाको दाँत झारिदिएका छन् भने बंगारा भाँचिदिएका छन् ।

लिभरपुलका लोइस एसटोनलाई उनका २९ वर्षे प्रेमी एन्ड्रयू म्याकनेयरले यति बेस्सरी हाने कि उनका तीनवटा दाँत भाँच्चिएका छन् ।

प्रेमिकाले दुईजनाको फोटोबाट आफूलाई हटाएर फेसबुकमा आफ्नो मात्र फोटो राखेका कारण उनी रिसाएका थिए ।

एसटोनले भनिन्, ‘उनले मलाई यसअघि पनि थुप्रै पटक पिट्ने गर्दथे । एकपटक उनले मलाई थप्पड हाने । अर्को पटक टाउकोमा खुट्टाले हाने ।’‘मैले त्यतिबेला नै उनलाई छोडिदिने सोच बनाएको थिएँ तर उनी सधैं फोन गरेर मसँग रोएर माफी माग्थे र मलाई उनको माया लाग्थ्यो,’ उनले भनिन् ।

उनका अनुसार उनले त्यसरात फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको सुतेकी थिइन् । तर भोलिपल्ट उनी निकै भयावह स्थितीमा ब्यूझिइन् । म्याकनेयर उनको खुट्टामाथि उभिएर उनीमाथि चिच्याइरहेका थिए ।

एसटोनले भनिन्, ‘म त्यहाँबाट भाग्न सफल भएँ । छिमेकीको ढोकामा सहयोगका लागि टाउको ठोकेँ तर कोही पनि उपस्थित भएनन् ।’त्यसपछि म्याकनेयरले उनलाई लगातार झापड र मुक्का हान्न थाले । उनलाई टाउकोमा लात्ताले हाने ।उनले भनिन्, ‘त्यसपछि उनले मेरो अनुहारमा यति बेस्सरी मुक्का हाने कि मेरो दाँत नै झर्यो ।’

म्याकनेयरको बारम्बारको चेतावनीपछि मात्रै उनले यसबारे पुलिसलाई जानकारी दिएकी हुन् ।एन्ड्रयू म्याकनेर २०१७ नोभेम्बरमा उपस्थित भए जहाँ उनलाई ३६ महिनाको जेल सजायँ तोकियो । तर एसटोनका अनुसार उनलाई रिहा गरिसकिएको छ ।उनले भनिन्, ‘उनलाई ११ महिनापछि नै रिहा गरियो । उनी अब आफ्नो जीवन खुल्ला रुपमा मज्जाले बाँचिरहेका छन् । उनको अवस्था हेर्दा यस्तो लाग्छ कि उनले जे गरे त्यो निकै सामान्य थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *