उपत्यकाका अस्पतालमा २ जना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ ।
साउन २८

यति बेला नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारि छ भने मृत्यु हुनेको संख्या पनि बढ्दै छ। उपत्यकामा पनि संक्रमितको संख्या र मृतकको संख्या बढ्दो अवस्था मा छ। यसै गरि ललितपुरको पाटन अस्पतालर किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे ।

त्यस्तै ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएकी काठमाडौँकी अर्की एक महिलाको पनि कोरोना पोजेटिभ आएको छ ।

ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ । ती महिलाको बुधबार बिहानआएको रिपोर्ट कोरोना पोजेटिभ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *