रुसले बनायो कोरोना भाइरस विरुद्धको खोप, यी बनिन् खोप लगाउने पहिलो व्यक्ति

एजेन्सी  –

कोरोना भाइरस बिरुद्दको खोप पत्ता लगाएको भनि रुसले घोषणा गरेको छ, जसमा रुसका राष्ट्रपति भाल्दमिर पुटिनले खोप दर्ता गरिएको र उनको आफ्नै छोरी यो खोप लगाउने पहिलो व्यक्ति भएको घोषणा पनि गरेका हुन् । सो खोपले शरीरमा भएका वा हुने कोरोना भाइरस बिरुद्द रोग प्रतिरो धात्मक क्षमताको विकास हुने पनि राष्ट्रपति पुटिनले बताएका हुन् । पुटिनका अनुसार, “उक्त खोपको सबै जनालाई आवश्यक परिक्षण गरिएको र व्यक्तिमा प्रयोग गर्न सकिने नतिजा आएपछि प्रयोग गर्न थालिएको” । उनका अनुसार, पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा रहेका वर्गलाई दिईने  बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *