रुसले कोरोनाविरुद्धको पहिलो खोप बनाएको पुटिनको घोषणा

काठमाडौं । करिब ८ महिनादेखि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो खोप रुसले बनाएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । मंगलबार उनले मानिसमा परीक्षण सुरु भएको दुई महिनाभन्दा कम समयमा नै रुसले बनाएको खोपले नियामकको स्वीकृति पाएको बताएका छन् । यस खोपलाई गमालेया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको यस खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि सूचीकृत गरिसकेको छ भने यससँगै अब उक्त खोपले रुसका मानिसहरुमा परिक्षण सुरु गर्न बाटो खुलेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
अहिले विश्वभरका विभिन्न कम्पनीहरुले कोरोना भाइरसविरुद्धको खोप निर्माण गर्न तल्लिन रहेको भएपनि कुनै पनि खोपले अनुमति भने पाएका थिएनन् । रुसको यस खोपले अनुमती पाए पनि यो खोपमा भने धेरैले आशंका व्यक्त गरेका छन् । पुटिनले भने अहिले रुसले मान्यता दिएको कोरोनाविरुद्धको खोप प्रभावकारी र सुरक्षित रहेको दाबी गर्दै यो खोपले परीक्षणको लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको भनेर पनि उल्लेख गरेका छन् । यसका साथै उनले रुसले अब छिट्टै यस खोपको उत्पादन ठूलो परिमाणमा शुरु गर्ने पनि बताएका छन् ।