कस्तो पिडा :गर्भवती आमालाई कोरोना संक्रमण, बाँचेन अपरेशन गरी जन्मिएको बच्चा पनि

काठमान्डौ
साउन २७
कहिले काही इश्वोरको खेल पनि अचम्म लाग्दो हुन्छ। यस्तै अत्यन्तै पिडा दायी घटना रुकुम पश्चिमकि महिलालाइ आइ परेको छ। कोरोना भाइरस संक्रमित रुकुम पश्चिमकी एक महिलाले जन्माएको बच्चाको मृत्यु भएको छ। आफु कोरोना संक्रमित त थिइन् नै तर आफ्नो सन्तानको नजन्मिदै मृत्युको पिडा उनलाई कति भयो होला।
रुकुमको चौरजाहाी निवासी २८ वर्षीया ती महिलाले साउन २४ गते राति साढे ९ बजेतिर नेपालगञ्ज मेडिकलकलेज शिक्षण अस्पताल कोहलपुरमा छोरालाई जन्म दिएकी थिइन्।
अस्पतालका सहायक निर्देशक डा. नितेशकुमार कनोडियाले उपचारका क्रममा ती बच्चाको मृत्यु सोमबार बिहान साढे एक बजेतिर भएको सेतोपाटीलाई जानकारी दिए।
‘बच्चाले आमाको पेटमै दिशा गरिसकेको तथा बच्चाको धड्कनसमेत कम भएका कारण तत्काल अप्रेसन गरेर बच्चा निकाल्नु परेको हो,’ कनोडियाले भने ‘जति प्रयास गर्दापनि बच्चालाई बचाउन सकिएन, तर आमाको अवस्था भने सामान्य छ।’
३९ हप्ताकी गर्भवतीबाट शल्यक्रिया गरी जन्मिएको बच्चाको तौल २ किलो ७ ग्रामका रहेको उनले बताए।
मृत्यु भएका बच्चाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट मंगलबार बेलुकासम्म आउने अपेक्षा गरिएको छ।
ती महिला भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा प्रसुति गराउन भनेर आएकी थिइन्।
स्वाब परीक्षण गर्दा ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालले साउन २४ गते दिउँसो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरेको अस्पतालका उपनिर्देशक डा. कनोडियाले जानकारी दिए।