उपत्यका सहित बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित बढ्दै,कस्तो छ अवस्था ?

साउन २७
काठमान्डौ
नेपालमा कोरोना संक्रमित र कोरोना बाट संक्रमण पछि मृत्यु हुनेको संख्या बढ्दो अवस्थामा छ। पछिल्लो समय बाग्मती प्रदेशमा सक्रिय कोरोना संक्रमित ह्वात्तै बढेको छ । बाग्मती प्रदेशकै काठमाडौं उपत्यकामा समयमै संक्रमितको पहिचान गर्न नसकेमा ‘कोरोना हटस्पोट’ बन्न सक्ने खतरा जनस्वास्थ्यविद्ले औंल्याउँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले पनि सातवटा प्रदेशमध्ये बाग्मती प्रदेशमा सक्रिय संक्रमितको संख्या उच्च रहेको प्रष्ट पार्छ । ५ सयभन्दा बढी संक्रमित हुने ४ जिल्लामध्ये काठमाडौँ जिल्ला पनि एक हो । काठमाडौं उपत्यकामा सोमबारसम्म संक्रमितको संख्या एक हजार एक सय ८० पुगेको छ । काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *