एक महिलाको अनौठो दाबि : कसको मृत्यु हुदै छ,मलाइ तत्काल नै थाहा हुन्छ।

साउन २७
काठमान्डौ

संसारमा अनौठा र अचम्म लाग्दा कुरा हरु हामीले सुन्न पाइने रहेका हुन्छौ। कही काही त मानिसको दाबि पनि अचम्म लाग्दो हुन्छ। यस्तो अचम्म लाग्दो दाबि गर्दै आएकी छिन् एक अस्ट्रेलियाकि महिला। एक मनोवैज्ञानिकले सुँघेर नै कसको मृत्य हुँदैछ भन्नेबारे थाहा पाउने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रुपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९–५ को जागिर गत वर्ष छोडिन् । एउटै काम गर्दा डिप्रेशनमा परकाले उनले उक्त जागिर छोडेको जानकारी दिइन् ।

अरीका अनुसार उनलाई आफ्नो ‘छेटौं इन्द्रिय’ बारे त्यतिबेला थाहा भयो जब उनी १२ वर्षकी थिइन् । त्यतिबेला उनी आफ्ना बिरामी काकालाई भेट्न जाँदा अचम्मको गन्ध महसुस भएको जुन उनका परिवारका अन्य सदस्यले थाहा पाउन नसकेको जानकारी दिइन् । त्यसपछि अरीले अन्य व्यक्तिबाट पनि त्यस्तै गन्ध महसुस गरिन् जसको केही दिनभित्रै मृत्यु भयो ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *