कोरोना संक्रमितको खाना यस्तो अब्यबस्थित,कहिले किरा भेटिन्छ त कहिले टिनको टुक्रा

काठमान्डौ
साउन २७

कोरोना संक्रमितलाइ राखिने आइसोलेसन र क्वारेन्टाइनमा लापरबाही र अबब्यस्तित बाताबरण हुनेगरेको धेरै खबर बाहिर आइसकेका छन्। कोरोना संक्रमित बस्ने ठाउँ अब्यबस्थित भएको त धेरैलाइ थाहा नै छ तर अब उनीहरुले खाने खानामा समेत लापरबाही भएपछि उनीहरु आक्रोशित भएका हुन्। काठमाडौं उपत्यकाका केही अस्पतालहरूले कोरोना संक्रमितलाई दिइने खानामा लापरबाही गरेको पाइएको छ।

गत बिहीबार ललितपुरस्थित पाटन अस्पतालले संक्रमितलाई दिएको खानामा कीरा भेटिएको थियो। तर पनि संक्रमितले कहिलेकाहीँ यस्तै हो भन्ने सोचेर चित्त बुझाए। त्यसपछि फेरि खानामा प्लास्टिकको डोरी भेटियो।

‘खानामा कहिले कीरा, कहिले डोरी भेटिएपछि कसरी खाने?,’ ती संक्रमितले रोष पोख्दै भने, ‘मैले त खाना अहिले घरबाटै मगाउने गरेको छु। यस्तो लापरबाहीले त भोकै भइन्छ।’

सानेपास्थित स्टार अस्पतालले पनि खानामा लापरबाही गरेको पाइएको छ। अस्पतालले संक्रमितलाई दिएको खानामा टिनको टुक्रा भेटिएको छ। सोल्टी होटलको आइसोलेसनमा राखिएको संक्रमितलाई अस्पतालले दिएको खानामा टिनको टुक्रा भेटिएको हो।

अस्पतालले खानामा राम्रो व्यवस्थापन नगरेको संक्रमितहरूको गुनासो छ।

उपत्यका बाहिरका कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूले पनि खानाको राम्रो व्यवस्थापन गर्न नसकेको गुनासो आइरहेको छ।

गत साता राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा रहेका संक्रमितहरूलाई दिइएको खानामा कीरा भेटिएपछि संक्रमितहरू आक्रोशित बनेका थिए।

यहि कारणले सायद रिपोर्ट पोजेटिभ आउने डरले कोहि पनि संक्रमित टेस्ट नै गर्न नजाने गरेको पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *