गोंगबु हत्याकाण्डका अभियुक्त ‘कलाकार’, फेसबुकमार्फत भएको थियो मृतकसँग चिनजान

काठमाडौं ।
साउन २७
यो घटना केहि दिन अघि राजधानीको टोखामा सुटकेसमा मानिसको शरीर र टाउको अलग्गै केहि पर फालेको पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कलाकार रहेको खुलेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पना मुडभरी (पौडेल) लाई सार्वजनिक गरेको हो । हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत अर्का एकजनालाई पनि पक्राउ गरेको बताएपनि उनको पहिचान खुलाएको छैन ।

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *