अत्यावश्यक बाहेक सबै सेवाहरु १५ दिनका लागि बन्द

सूचना हब तस्बिर

काठमाडौं-

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यका भित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक अरु सबै सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन्। सोमबार बसेको नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरमले अत्यावश्यक बाहेक अन्य सबै  सेवा बन्द गर्ने निर्णय गरेका हुन्। उपत्यका भित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिम भएकोले  स्थानीय तहहरु बाट अत्यावश्यक सेवा बाहेक अरु सबै सेवालाई १५ दिनको लागि बन्द गर्ने बैठकको निर्णयमा उल्लेखित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *