कोरोना संक्रमणबाट बच्न कुन मास्क कति प्रभावकारी?

काठमान्डौ
साउन २५
कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरूबारे त तपाईं-हामीले अहिलेसम्म धेरै नै पढिसकेका छौं, धेरै नै सुनिसकेका छौं। तर, घना बस्ती भएका ठाउँमा हिँडडुल गर्न बाध्य हुनेहरूका लागि कोरोना भाइरसबाट जोगिन अहिले विज्ञ चिकित्सकहरूले केही सामान्य र व्यवहारिक सुझाव दिइरहेका छन्। भिड भाडमा जानको लागि भने मास्कको प्रयोग अनिबार्य नै जस्तै भएको छ। तर तपाइले प्रयोग गर्ने मास्क कति सम्म प्रभाबकारी छ त ? आम मानिस र चीकित्सकले प्रयोग गर्ने विभिन्न मास्कको किटाणु र संक्रमण रोक्न कति प्रभावकारी छन् त?
यी केहि मास्कको प्रभावकारिता यस प्रकार छ
एन-९५ (कसिलो लगाउँदा)- ८५% प्रभावकारी
एन-९५ (खुकुलो लगाउँदा)- ३४%
सर्जिकल मास्क (कसिलो लगाउँदा)- ७६%
सर्जिकल मास्क (खुकुलो लगाउँदा)- ५०%
कटन+सिफन (कसिलो लगाउँदा)- ९७%
कटन+फ्लानेल (कसिलो लगाउँदा)- ९५%