काठमान्डौ उपत्यकामा कोरोना संक्रमितको संख्या कति ?

काठमान्डौ
साउन २५

नेपालमा यति बेला कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढे संगसंगै केहि ठाउँमा लक् डाउन र अन्य ठाउँमा सट डाउनको अवस्था छ। य संग संगै देशको राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ।

स्वास्थ्य मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार उपत्यकामा संक्रमित संख्या एक हजार ४४ पुगेको छ।तीमध्ये काठमाडौंका ८२२, ललितपुरका १३७ र भक्तपुरका ८५ जना छन्।

अहिले उपत्यकामा संक्रिय संक्रमितको संख्या भने ८ सय ६ छ। शनिबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए।

पछिल्लो समय उपत्यकामा संक्रमणको जोखिम बढेसँगै संक्रमितहरू थपिने क्रम बढ्दो छ। उपत्यकामा अहिलेसम्म एकैदिन १ सय ६ जना सम्म संक्रमित भेटिएका छन्। यो एकै ठाउँमा एकै दिन संक्रमित भेटिएको अहिले सम्म कै उछ हो।

अहिले उपत्यकामा संक्रमित भेटिएका ठाउँहरूलाई सिल गर्ने काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *