मध्यरातमा कोरोना संक्रमणबाट ६२ वर्षीय पुरुषको मृत्यु

श्रावण २५, २०७७ आईतबार
काठमाडौं –
नेपालमा कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण बाट एक जनाको मध्यरातमै मृत्यु भएको छ । पोखराको स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । पोखरा महानगरपालिका वडा नं १९ का बासिन्दा थिए, उनको गए राति साढे ११ बजे मृत्यु भएको समाचार प्राप्त गरेका छौ । नेपालमा अब कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।