आज पनि थपियो कोरोनाबाट मृत्यु हुने संख्या, कति पुग्यो?

काठमाडौं ।
साउन २४
यति बेला नेपालमा कोरोना संक्रमित थपिने र त्यस बाट मृत्यु हुने को संख्या थपिने क्रम जारि छ। नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो । यो हप्ता मात्र १० भन्दा बढीको मृत्यु भैसकेको छ।
३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना बाट बच्न सकभर जरुरि काम नपरी घर बाहिर नानिस्किनुहोला ,साथै साबून पानि, स्यनिटाइजर र मास्कको उचित प्रयोग गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *