नारायणगढ – मुग्लिनको सडक अवरुद्ध

साउन २४, २०७७
काठमाडौँ –
पहिरो गएको कारणले गर्दा नरायणगढ–मुग्लिनको सडक अवरुद्ध भएको छ । यस सडक खण्ड अन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोर खोलामा सुक्खा पहिरो खस्दा सडक दुई-तर्फी अवरुद्ध भएको समाचार प्राप्त गरेका छौ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, “अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले गर्दा पहिरो हटाउने काम शुरु गर्न पनि नसकिएको” जनाएका छन् ।
पहिरो झर्ने क्रम रोकिए लगत्तै हटाउने काम शुरु गरिने, प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।