गृहमन्त्री रामबहादुर थापाको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ

साउन २४, २०७७ काठमाडौँ –
गृहमन्त्री रामबहादुर थापा सहित उनका सुरक्षा तथा राजनीतिक सल्लाहकारहरुको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार, “कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उनको रिपोर्ट नेगेटिभ आएको” जानकारी दिनुभएको छ।