काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

२४ साउन, काठमाडौं –
एउटै टोलमा आठ जना मानिसलाई कोरोना संक्रमण देखिए पछि काठमाडौंको गहना पोखरी – हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलका अनुसार, “गहना पोखरीबाट पूर्व तर्फ पर्ने हाँडी गाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि : सो क्षेत्र सिल गरिएको” जानकारी दिएका छन् ।
संक्रमितहरुमा नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु समेत छन् ।