काभ्रेको क्वारेन्टिनमा बसेकी एक युवतीले गरिन आत्महत्या

२३ साउन,
काठमाडौं ।
क्वारेन्टाइनमा आत्माहत्या गर्ने फेरी एउटा घटना घटेको छ। पछिल्लो अवस्थामा क्वारेन्टाइनमा आत्महत्या गर्ने घटना हरु एक पछि आर्को आउदै छ। काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छन् ।
काभ्रेका एसपी रवीराज पौडेलका अनुसार दुबईबाट आएर क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर शुक्रबार दिउँसो आत्महत्या गरेकी हुन् । एसपी पौडेलका अनुसार उनी ६ दिनदेखि सो क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।