किम जोङ उनकि श्रीमतीले पनि यस्ता कडा नियममा बस्नु पर्छ। के के हुन् त ?

साउन २४
काठमान्डौ
उत्तर कोरिया बिश्वमै एक अनौठो मुलुक हो। बिश्व संग सम्बन्ध नै काटिएको उत्तर कोरियामा आफ्नै किसिमको कानुन छ। उत्तर कोरियामा निकै डरलाग्दा कानुनहरु रहेका छन् । आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमतीका लागि पनि निकै कडा नियमहरु बनाएका छन् । आफ्नै श्रीमतीको लागि किम जोन ले बनाएको नियम हरु यस्ता छन्।
१. नेपाल, भारत लगायत विश्वका केही देशहरुमा विवाहपछि महिलाहरुले श्रीमानको थर अपनाउने परम्परा रहेको छ । तर, उनले आफ्नी श्रीमतीको विवाहपछि पूरै नाम नै परिवर्तन गरिदिए । र, उनकी पत्नीको जन्मनाम छोडेर रि सोल जू नाम राखियो ।
२. उत्तर कोरियामा ‘फस्र्ट लेडी’ लाई हरेक समय जनमासमा जाने अधिकार हुँदैन । उनीहरुलाई केवल ‘स्पेशल अपियरेन्स’ मा मात्र देखिने अनुमति हुन्छ ।
३. रि सोल जूलाई उच्च सैनिक सुरक्षाको बीच राखिएको छ । उनको हरेक गतिविधिमाथि निगरानी राखिन्छ । उनलाई कसैसँग पनि कुराकानी गर्ने अधिकार छैन ।
४. प्राय विश्वका देशहरुमा ‘फस्र्ट लेडी’ लाई शोकस्थलमा जाने अनुमति हुँदैन तर रि सोल जूलाई भने शोकस्थलमा जाने अनुमति दिइएको छ ।
५. रि सोल जू आफ्नो इच्छा अनुसार कुनै पनि ठाउँमा जान सक्दिनन् ।
६. रि सोल जू तीन बच्चाकी आमा हुन् । तर, यो विषयमा कहिल्यै पनि आधिकारिक पुष्टि भएको छैन ।
७. किमकी श्रीमतीलाई कुनै पनि सञ्चार माध्यमले कभर गर्न पाउँदैनन् ।
८. विरासतलाई अगाडि बढाउन छोरा जन्माउनै पर्ने दबाब पनि हुन्छ ।
९. उनी स्कर्ट, टप र कोट लगाउनुपर्छ । उनको स्कर्टले सधैँ घुँडा छोप्नुपर्ने हुन्छ ।