एयर इन्डियाको जहाज दुर्घटनामा पर्यो : कम्तिमा २० जनाको मृत्यु (ताजा अपडेट)

काठमान्डौ
साउन २४
अपडेट: शुक्रबार राति १२:२० बजे
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। शुक्रबार राति १२:२० बजेको अपडेट अनुसार २० जना को मृत्यु भएको पुस्टि भएको हो।
भारतीय अनलाइन स्क्रोलका अनुसार दुर्घटनामा जहाजका दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु पुष्टि भएको छ। यो संख्या बढ्न सक्ने स्क्रोलले लेखेको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु थिए। सबै यात्रुको उद्धार कार्य जारी छ। यो संख्यामा अझै वृद्धि आउने पनि सक्ने अनुमान गरिएको छ।
त्यस्तै १०० भन्दा बढी यात्रु घाइते भएका छन्। स्क्रोलका अनुसार ११२ जना घाइतेलाई अस्पताल लगिएको छ।
भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ।