कोरोना महामारी : मास्क नलगाउनेमाथि प्रशासन निर्मम बन्दै

काठमाडौँ ।
साउन २४
यति बेला नेपालमा कोरोनाको कहर बढेको छ। पछिल्लो अवस्थामा अनियन्त्रित रुपमा संक्रमित थपिने र मृतकको संख्या पनि बढ्दै गएपछि फेरी नेपालमा लक् डाउन हुने सम्भावना बढेको छ। यसै बीच काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखले कोरोना संक्रमणको जोखिमबाट बच्न नयाँ सुरक्षा रणनीति लागू गर्ने निर्णय गरेका छन् । आइतबारदेखि जिल्ला प्रशासन कार्यालयहरुबाट दिइने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको छ ।

कोरोना जोखिमबाट बच्न मास्क प्रयोग नगर्नेमाथि सुरक्षाकर्मी निर्मम बन्ने भएको छ । ‘मास्क प्रयोगबारे जनचेतना पनि जगाउँछौं,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘मास्क नलाउनेलाई १ सय रुपैँया जरिवाना गराउन अझै निर्मम हुने निर्णय गरिएको छ ।’ अब यति मात्र हैन जोर बिजोरको नियम पालना नगरे पनि कडा कारबाही पनि गरिने पनि उनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *