हात्तीले उपद्रो मच्चाउँदा एक जनाको मृत्यु

झापा –

झापाको कमल गाउँपालिकामा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काका अनुसार, “मृत्यु हुनेमा, कमल गाउँपालिका वडा नं ५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको” जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्का अनुसार, “राति करिब २ बजेतिर रतुवा माई वृक्षरोपण आयोजनाको जङ्गलबाट आएका दुई हात्तीले परिवार सहित बस्दै आएका रेग्मीको छाप्रामा आक्रमण गरेको “।

उनको श्रीमती र एक नातिनी भने भागेर ज्यान जोगाउन सफल भए तर छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भनेर भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक भवनबाबु खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *