युट्युबरहरुलाई आचार संहिताको पालना गर्न आह्वान

काठमाडौं –

अनलाइन टिभी सञ्चारकर्मीलाई लगायतका युट्युब पत्रकार आचार संहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ। जसमा बालगृह सञ्चालिका पुष्पा अधिकारी सँग अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचार संहिताको ख्याल गर्न आग्रह गरेको हो ।

सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा, तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै नै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको पनि खबर प्रप्त गरेका छौ । सञ्चार कानूनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कोतर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशीललाई सिक्ने-सिकाउने र सङ्गठित हुने वातावरण पनि बनिन सकेकाले अन्यौलता रहँदै आएको वक्तव्यमा लेखिएको छ ।

गत माघ २४ गते नेपालमा पहिलो पटक: अनलाइन टिभी सञ्चालकको पहिलो राष्ट्रिय भेलामार्फत गठन भई दर्ता समेत भइ सकेको अनलाइन टिभी पत्रकार सङ्घलेनै सबै अनलाइन टिभी पत्रकारलाई सङ्घमा आबद्ध भएर यस क्षेत्रको सुदृढीकरण र शुद्धीकरणमा लाग्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *