पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाडौँ –
ललितपुर, पाटन अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । निर्देशक डाक्टर विष्णुप्रसाद शर्माका अनुसार, “अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको” बताएका हुन् ।
कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको निर्देशक डाक्टर शर्माले बताए । कोरोना संक्रमित पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय कोरोना संक्रमित पुरुषलाई मधुमेह र उच्च रक्तचापका बिरामी पनि भएको अस्पतालले जनाएको छ ।