राम गोपाल वर्माले अर्नव गोस्वामीमाथि ‘अर्नव- द न्यूज प्रस्टिच्यूट’ सिनेमा बनाउने

साउन २३
आफ्नो बिबादास्पद टिका टिप्पडि र खरो प्रस्तुति तथा हेपाहा इन्टरभिउ लिने सैलीको कारण धेरैले मन नपराइएका भारतीय पत्रकार अर्नव गोस्वामी हुन्। भारतीय निर्माता तथा निर्देशक रामगोपाल वर्माले तिनै विवादित भारतीय पत्रकार अर्नव गोस्वामीमाथि सिनेमा बनाउने घोषणा गरेका छन्।

ट्वीटमार्फत वर्माले आफ्नो प्रस्तुति शैलीका लागि आलोचित हुँदै आएका गोस्वामीको नाममा सिनेमा बनाउने जानकारी दिएका हुन्। उक्त सिनेमाको नाम ‘अर्नव- उ न्यूज प्रस्टिच्यूट’ हुनेछ।

ट्वीटमा ‘प्रस्टिच्यूट’ वा ‘पिम्प’ दुवै शब्द सान्दर्भिक लागेको भए पनि आवाजका कारण ‘प्रस्टिच्यूट’ छनौट गरेको बताएका छन्।

वर्माले १० वर्ष अगाडि पनि भारतीय मिडिया कसरी राजनीति र व्यापारिक प्रतिष्ठानको प्रभावमा नियन्त्रित भएर चल्न बाध्य हुन्छन भन्ने विषयमा ‘रण’ भन्ने सिनेमा बनाएका थिए।

रिलिजपछि सिनेमाले समीक्षकीय तारिफ बटुलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *