२ दिनमा १२ जना संक्रमित सम्पर्कविहीन,कसको लापरबाही

२३ साउन
काठमाडौं ।
यति बेला नेपालमा कोरोनाका संक्रमित र कोरोना बाट मृत्यु हुनेको संख्या बढ्दो अवस्थामा छ। काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार रातिसम्म ८२ जनाको व्यवस्थापन भएको र ५ जनासँग सम्पर्क हुन नसकेको बताएको छ।

योसँगै बुधबार र बिहीबार संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । ‘१२ जनाको नै फोन लगाउँदा गलत नम्बर भन्छ,’ इडिसिडीका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला भन्छन्, ‘गलत नम्बर मात्र होइन, बस्न ठेगानासमेत गलत टिपाएका छन् ।’ यस्तो अवस्थामा अशली संक्रमितलाइ फलोअप गर्न र डाटा तयार पार्न समेत समस्या परेको उनले बताए।

यसअघि पनि पटक–पटक संक्रमितहरु सम्पर्कविहीन छन् । तीमध्ये केही आफैं सम्पर्कमा आएको र केही अझै सम्पर्कमा नआएको कोइराला बताउँछन् । ‘पछिल्लो साता भेटिएका संक्रमितमध्ये हरेक दिन कोही न कोही संक्रमित सम्पर्कविहीन भएका छन्,’ कोइरालाले भने, ‘उनीहरुलाई खोजिरहेका छौं ।’

कोइरालाका अनुसार बिहीबार उपत्यकामा संक्रमितमध्ये ४१ जना प्रहरी भएको, केही स्वास्थ्यकर्मी र केही अख्तियारका बरिष्ठ अधिकारीहरुसमेत रहेका छन् । यस्तै विहीबार थपिएका संक्रमितमध्ये ३७ जनामा लक्षण समेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *