फेरी आर्को घटना :चुच्चेपाटीमा ‘थिनर’ आक्रमण,आमा–छोरी घाइते

२३ साउन,
काठमाडौं ।
पछिल्लो अवस्थामा बढ्दै गएको एसिड आक्रमण को घटनाले चरम रुप लिदै छ। बारम्बार महिला माथि कहिले एसिड त कहिले अन्य तरिका बाट आक्रमण भैरहेको छ। यसै क्रममा काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् ।

घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् ।

चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।

छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *