आज २३ साउन शुक्रबारको मौसम पूर्वानुमान

जल तथा मौसम-विज्ञान विभागले, आज २३ साउन शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै, मनसुनी न्युन चापीय रेखा अहिलेको आवस्तामा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।
मौसम विज्ञान विभागका देशभरनै आंशिक देखि सामान्य बदली रहेको छ जसमा गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, प्रदेश ५ र सुदुर-पश्चिम प्रदेशमा एक-दुई स्थानहरूमा हल्का बर्षा भइरहेको पनि बताएको छ।
विभागले दिउँसो देशभरनै सामान्य बदली रही धेरै कम स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाएको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा
मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताएको छ । बागमती, प्रदेश १ र गण्डकी प्रदेश का केहि स्थानहरू भने भारी वर्षाको सम्भावना रहेको छ।