वुल्भ्स र सेभिया युरोपा लिगको क्वार्टरफाइनलमा

४८ वर्षमा इङ्ग्लिस क्लब वुल्भ्समा पहिलो पटक युरोपियन प्रतियोगिताका क्वार्टर-फाइनलमा प्रवेश गरेको छ । १–० ले ओलम्पियाकोसलाई हराउँदै समग्रमा २–१ को जीत सहित वुल्भ्सले युरोपा लिगको अन्तिम ८ मा स्थानमा बनाउन सफल भएको हो ।
पाँच पटकको विजेता सेभियाले समेत इटालियन क्लब रोमालाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वार्टर-फाइनलमा स्थान बनाएको छ ।
बिहीबार भएको अरु खेलमा बायर लेभरक्युजनले रेन्जरलाई ४–१ गोलले पराजित गर्दै क्वार्टर-फाइनलमा प्रवेश गरेको छ भने दोस्रो लेगमा १–० ले लेभरक्युजन विजयी बनेको हो ।