पोखरीमा डुबेर बालकको मृत्यु

सिरहा –
सिरहाको नरहा गाउँपालिका–५ अधिकारी टोल स्थित, कमुतिया पोखरीमा डुबेर आज बिहिबार एक बालकको मृत्यु भएको समाचार प्राप्त गरेका छौ । मृत्यु हुनेमा बालक नरहा गाउँपालिका–५ अधिकारी टोलमा बसोबास गर्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन् । कमुतिया पोखरीमा नुहाउने क्रममै डुबेर सिकस्ति भएका बालक राज शर्मालाई स्थनीय वासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्याएका थिए तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममै उनको बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।