एनआईसी एशिया बैंकको सहजता : होम लोन अब ४८ घण्टामा नै

साउन २२
काठमान्डौ
एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदर तथा प्रशासनिक शुल्कमा होम लोन पहिले बाट नै उपलब्ध गराउँदै आएको छ।

‘सुपर चमत्कारिक घर कर्जा’ मार्फत ग्राहकले वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा मात्र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा आफ्नो ‘सपनाको घर’ बनाउन सक्ने बैंकको दाबी छ। बारम्बार कर्जाको ब्याजदर परिवर्तन हुने समस्यालाई पनि सम्बोधन गर्दै यस ‘सुपर चमत्कारिक घर कर्जा’ मा पहिलो एक वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नगर्ने बैंकले जनाएको छ । यो निकै नै राम्रो अफर हो।

दोस्रो वर्ष पश्चात् भने बैंकको आधार दरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर वार्षिक ८.२५ प्रतिशतसम्म भएमा सोही कायम रहनेछ ।
यस योजना अन्तर्गत ग्राहकहरुले अधिकतम रू. १ करोड ५० लाखसम्म कर्जा लिनका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । यसभित्र अधिकतम रू.५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने बैंकले जनाएको छ ।

साथै यस योजना बाहेका ग्राहक महानुभावलाई बैंकले रू.१ करोड ५० लाखभन्दा माथिको घर कर्जा आवश्यक परेको अवस्थामा समेत बैंकले त्यस्ता ग्राहकहरुलाई सिमित समयको लागि आधार दरमै घर कर्जा उपलब्ध गराउने समेत बैंकले प्रष्ट पारेको छ ।

ग्राहकहरुले आजको आफ्नो वित्तीय क्षमता तथा भविष्यमा आफुलाई उपलब्ध हुने आयस्रोतको आधारमा वार्षिक रुपमा आफ्नो मासिक किस्ता रकम आफै निर्धारण गर्न सक्ने गरी उपलब्ध गराएको सुविधालाई इएमआइ भनिएको हो । यस अन्तर्गत ग्राहकहरुले एक वर्षको लागि आफ्नो इएमआइ निर्धारण गर्न सक्नेछन् । सो एक वर्षको

अवधि समाप्त भएपश्चात् पुनः आफ्नो वित्तीय स्रोत तथा भविष्यमा आउने आयस्रोतको आधारमा आफ्नो इएमआइ निर्धारण गर्न सक्नेछन् । उदाहरणको लागि कुनै कर्जाको हाल सामान्य अवस्थामा इएमआइ रू. १५,००० लाग्ने किस्तामा ग्राहकले आफ्नो आयस्रोतको अवस्था हेरी ब्याज रकम तथा केही साँवा रकम तिर्ने गरी रू.१०,००० हुने भएको खण्डमा आफुले भुक्तान गर्न सक्ने रकम उक्त अवधिमा तिर्न सक्नेछन् र दोस्रो वर्षमा रोजगारीको तथा अन्य आम्दानीमा थप बृद्धि भई आयस्रोत बढेमा हाल कायम गरेको रू.१०,००० किस्तालाई बढाएर रू.२०,००० समेत पुर्याउन सकिने गरी फिक्जिवल इएमआइ को व्यवस्था बैंकले गरेको छ ।

नेपालका अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहनुभएका महानुभावहरूले एन आई सी एशिया बैंकको असिमित सुविधाले भरिएको ‘सुपर चमत्कारिक घर कर्जा’ मा आफ्नो कर्जा स्थानान्तरण सजिलै गर्न सकिने बैंकले जनाएको छ। यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्ने गरी यो योजना आगाडी ल्याएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *