प्रचण्ड निवासका ६ सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण {पुरा पढ्नुस }

साउन २२
काठमान्डौ
नेपालमा सुरुवाती अबस्थामा आम जनतामा मात्र देखिएको कोरोना अब भी आइ पी र तिनका सुरक्षा कर्मीलाइ समेत देखिन थालेको छ। यसै क्रम मा नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ।
प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।
‘
निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो’, सचिवालयले भन्यो, ‘उहाँलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीमा भने कोरोना नेगेटिभ भेटियो।’
प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको कोरोना जाँच गरिएको थियो।