बालकसँग यौन सम्बन्ध राख्ने अमेरिकी शिक्षिकलाई यस्तो सजाय हुनसक्ने

साउन २२
काठमान्डौ
अमेरिकाको टेक्सासमा आफ्ना १३ बर्षिय बिद्यार्थी संग सम्बन्ध राख्ने शिक्षिका माथि २० वर्ष सजाय हुने देखिएको छ ।

बासट्रोप हाइस्कुलमा गणित पढाउने हेली पार्डी गत साता पक्राउ परेकी थिइन् । उनी १ लाख अमेरिकी डलर जमानत बुझाएर जेलमुक्त भएकी छिन् । स्थानीय अधिकारीका अनुसार मुद्दा हारेमा उनीमाथि २० वर्षसम्म जेलसजाय हुनसक्छ । यस विषयमा सुनुवाईका लागि अदालतमा मिति तय भइसकेको छैन । तर यदि उनि हारेमा भने उनलाई निकै ठुलो संकट आउन सक्छ।

प्रहरीकाअनुसार दुई वर्षअघि पार्डीले एक बालकलाई यौन दुव्यवर्हार गरेकी थिइन् । जतिबेला बालकको उमेर १३ र उनको उमेर २३ वर्ष थियो । स्कुलका प्रशासकहरुले यसबारे ९ महिनापछि अज्ञात व्यक्तिमार्फत सूचना पाएका थिए । अगस्ट २०१९ मा यस्तो सुचना पाएलगत्तै पार्डीलाई त्यही दिनदेखि बिदामा राखिएको थियो । नोभेम्बरमा सर्वसम्मत रुपमा बास्ट्रप विद्यालयको बोर्डले उनलाई बर्खास्त ग¥यो । त्यसपछि उनीविरुद्ध मुद्दा चलाइएको हो।

यस्तो घटना हुनभन्दा केही महिनाअघि मात्रै उनले विद्यालयमा काम थालेकी थिइन् । ‘विद्यार्थी र शिक्षकको सम्बन्ध विश्वासको जगमा अडेको हुन्छ र जब विश्वास गुम्छ, तब यसले हामीलाई दुखित र आक्रोशित बनाउँछ,’ विद्यालयकी प्रवक्ता क्रिष्ट्री लिले भनिन् ।

पार्डीले टेक्सास स्टेट युनिभर्सिटीबाट २०१८ मा गणितमा स्नातक गरेकी थिइन् र त्यही वर्ष टेक्सास राज्य एकेडेमिक डिस्टिन्सन अवार्ड समेत जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *