नेपालमापनि भीआईपी सम्म पुग्यो कोरोना : मन्त्रीमा संक्रमण पुष्टि

काठमान्डौ
साउन २२
कोरोनाको नेपालको केन्द्रबिन्दु मानिएको प्रदेश २ मा संक्रमित थपिने क्रम जारि छ। । यसै क्रम मा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सक्रमण पुष्टि भएको छ।

बुधबार साँझ आएको रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री यादवले जानकारी दिए।साउन १८ गते काठमाडौंबाट फर्केका मन्त्री यादवले १९ गते स्वाब दिएका थिए। कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताए। पछिल्लो अबस्थामा कोरोना बिना लक्षण देखिन थालेको छ।

‘हिजो मेरो रिपोर्ट पनि पोजेटिभ आएको छ, सर्तकता अपनाई यससँग लड्ने छु,’ उनले भने।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अपिल गरेका छन्। उनी अहिले सरकारी निवासममै सेल्फ क्वारेन्टिनमा छन्।

प्रदेश २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण २१ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *