नेपालमा लकडाउनको नयाँ मोडालिटी :के खुल्यो, के–के मा प्रतिबन्ध,सबै जानकारी [सूचिसहित]

 

साउन २२
काठमान्डौ
पछिल्लो अवस्थामा कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमै महामारी बढ्ने जोखिम बढेपछि सरकारले आजदेखि सवारीसाधनमा पुनः जोरबिजोर प्रणाली लागू गरेको थियो । गृह मन्त्रालयले हिजो एक सूचना निकालेर जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने जनाएको छ। सवारीसाधनमा लगाइएको जोरबिजोरको नियम काठमाडौं उपत्यका र २०० बढी सक्रिय कोरोना संक्रमित भएको जिल्लामा लागू हुनेछ। यो नियमले हेर्दा अधिकांश जिल्ला हरु पर्न आउछन।

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि ११ चैतदेखि लागू गरिएको लकडाउन संक्रमण दर घटेको ठहरसहित ७ साउनबाट हटाइएको थियो।। त्योसँगै छोटो दूरीका सार्वजनिक सवारी, होटल–व्यवसाय खुलाइएका थिए। तर, सार्वजनिक स्थलहरूमा पुनः भीड बढ्न थालेको र सर्वसाधारणले कोभिड–१९ को जोखिमलाई बेवास्ता गरेकोले समुदायस्तरमै संक्रमण फैलिनसक्ने भन्दै पुनः लकडाउन गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

लकडाउन खुलेयता दिनहुँ संक्रमित थपिएसँगै सरकारले कोभिड–१९ विरुद्ध नयाँ योजनाहरू अघि सार्न गृहकार्य थालेको छ। फेरी पूर्ण रुपले लक् डाउन गर्ने या नगर्ने भन्ने बिषयमा पनि छलफल हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *