काठमाडौंमा एकै दिन थपिए १०२ संक्रमित, १६ जना सम्पर्क विहिन

काठमाडौँ, २२ साउन –
काठमाडौं उपत्यकामा हिजो (बुधबार) साँझ सम्म १०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामानै एकै दिन १ सय भन्दा धेरे मानिसमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो। एकै चोटी संक्रमितको संख्या बढ्दा अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नु पर्ने भएको थियो । उनीहरू मध्येपनि केहीलाई बुधबार बिहान के.एम.सी अस्पताल कीर्तिपुर र दुवाकोटको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखियो ।
संक्रमित मध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महा शाखाका अनुसार बुधबार संक्रमण देखिएका १०२ जनामध्ये १६ जना भने सम्पर्क विहिन छन्। उपत्यकामा संक्रमितको संख्या यसरि बढेपछि संक्रमितको व्यवस्थापनमा पनि चुनौति थपिएको छ। उपत्यकामा संक्रमितलाई अस्पताल पुर्याउनका लागि पनि एम्बुलेन्सको संख्या निकै कम छ।