कक्षा ११ का विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डको अति जरुरी सूचना [सूचनासहित]

काठमाडौ ।
साउन २२
बढ्दो कोरोना संक्रमण संगै केहि समय अगि ११ को बोर्ड परिक्षा नहुने भएको थियो। परिक्षा नहुने भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीका लागि अति जरुरी सूचना प्रकाशित गरेको छ । वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि कक्षा ११ का विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क फिर्ता हुने भएको हो । परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु. २०० कट्टा हुने बोर्डले जनाएको छ ।
तर यो पैसा फिर्ता भन्दा पनि मिलान गरिने भएको छ। बोर्डका अनुसार विद्यार्थीहरूको फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने भएको छ । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराइने निर्देशिकामा उल्लेख छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!