जोर–बिजोर आज देखि लागु, आज जोर नम्बरका गाडीमात्र चलाउन पाइने

२२ साउन, काठमाडौं –

काठमाडौं उपत्यका सहितका दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोर-बिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो ।

आज बिहिबार साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।

गृह मन्त्रालयले अत्यावश्यक ढुवानी बाहेकका अन्य गाडीहरुलाई पनि बेलुका ७ बजे देखि बिहान ७ बजे सम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको पनि खबर पाएका छौ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *