फेसबुकले डिलिट गर्यो ट्रम्पको स्टाटस

२२ साउन, काठमाडौं –
फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोष्ट जुन कि, कोरोना भाइरसबारे गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।
फेसबुकको अनुसार ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो ।
ट्रम्पले आफ्नो स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए सो भिडियोमा ट्रम्पले भनेका छन्- कोरोना भाइरसबाट बाल-बालिकाहरु लगभग सुरक्षित छन् ।
फेसबुकका प्रवक्ताहरुले भनेका छन्, ‘यस पोष्टमा कोरोना भाइरस बारे गलत दाबी गरिएको छ जुन चै हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’