१९ वर्षीय किशोरले खोले बैङ्कको नक्कली शाखा : तीन महिनासम्म भयो कारोबार।

चेन्नई ।
साउन २२
संसारमा मानिसले ठगि गर्ने तरिका पनि विभिन्न हुन्छ। कहिले कहिँ त मानिसले ठगि गर्ने यस्तो जुक्ति अपनाउछ कि सुन्ने र हेर्ने समेत अचम्मित हुन्छन। भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको बैंकिङ कार्यालयको रहस्योद्घाटन नाटकीय रुपमा भएको हो ।

केही दिनअघि एउटा शाखा कार्यालयमा एक ग्राहकले नै शाखा प्रवन्धकसँग नयाँ शाखाको बारेमा सोधेका थिए । ‘तपाईंले बैङ्कको तेस्रो शाखाका बारेमा कहिल्यै भन्नुभएन त ?’ ग्राहकको यस्तो प्रश्नपछि शाखा प्रबन्धक चकित भए । उनले यस क्षेत्रमै स्टेट बैङ्कको दुईवटा मात्र शाखा रहेको बताए ।

ग्राहकले तेस्रो शाखाको कागजात देखाएपछि शाखा प्रवन्धक चकित भए । उनले क्षेत्रीय कार्यालयमा यसबारे सोधखोज गरे । तर क्षेत्रीय कार्यालयले कुनै शाखा नखोलिएको जनाएपछि उनीहरु कथित तेस्रो शाखा कार्यालय हेर्न गए ।

त्यहाँ पुग्दा बैङ्कका कर्मचारी नै चकित भए । कार्यालयको सजावट, भौतिक संरचना लगायत सबै बन्दोबस्त कुनै बैङ्कको जस्तै थियो । नगद जम्मा गर्ने भौचर, रबर स्टाम्प, फाइलमा बैङ्कको नाम प्रिन्ट भएको र नगद काउन्टरमा रकम गणना गर्ने मेसिन लगायतका सामान थिए । सम्पूर्ण सजवोट सहित बैंकलाइ दुरुस्तै बनाइएको थियो।

स्टेट बैङ्कको सक्कली शाखाको उजुरीका आधारमा प्रहरीले छापा मारेर नक्कली शाखा खोल्न संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरु मिलेर गत अप्रिलमा बैङ्कको नक्कली शाखा खोलेका थिए ।

नक्कली शाखा खोल्ने योजनाकार मानिएका १९ वर्षीय कमलले आमाबुवा नै बैङ्कका जागिरे भएका कारण आफूले सानैदेखि बैंकिङ कारोबारलाई नजिकबाट हेरेको बताएका छन् । पिताको मृत्यु भएको र आमाले पनि बैङ्कबाट अवकाश पाएपछि यसरी बैङ्क खोलेको उनले बताएका छन् । उनको बैंक प्रतिको एक प्रकारले मोह र आकर्षण रहेको पाइएको छ।

आफूले ठगीको उद्देश्यले नभई बैङ्क खोल्ने चाहनाका कारण यस्तो काम गरेको उनले प्रहरीसमक्ष बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *