बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या बढ्यो

२२ साउन, काठमाडौं –
लेबनानको राजधानी बेरुतमा गत मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ भने चार हजार भन्दा धेरै मानिस घाइते भएका छन् । गत मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको जानकारी पाएका छौ । राष्ट्रपति माइकल आउनले अनुसार, “असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम-नाइट्रेटका कारणनै विस्फोटन भएको”।
यो विष्फोटको अनुसन्धान सुरु गरिसकिएको लेबनान सरकारले जनाएको छ । अनुसन्धानका लागि भनेर बन्दर-गाहका केही अधिकारीहरूलाई पनि उनीहरूकै निवासमा नजर बन्दमा राखिएको छ ।
लेबनानमा भएको विष्फोट यति भयानक थियो कि त्यो बिसपोटको आवाज करिब २४० किलोमिटर टाढा सम्म सुनिएको थियो । विष्फोटकै कारणले थुप्रै भवनहरु भत्किएर खण्डहरमा परिणत भएका छन् । टाढा–टाढासम्मका भौतिक संरचनामा पनि निकैनै क्षति पुगेको लेबनान सरकारले जनाएको छ ।