भोलि बिहीबार देखि निजी तथा सार्वजनिक सवारी साधनमा यस्तो प्रणाली लागू

काठमाडौं –
नेपाल सरकारले भोलि-देखिनै निजी तथा सार्वजनिक सवारी साधनमा फेरी पनि जोर-विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढे सँगै फेरी जोर-विजोर लागु गरिएको गृह मन्त्रालयका प्रवक्ता, सह-सचिव चक्रबहादुर बुढाले जानकारी दिनु भएको छ । काठमाडौं उपत्यका भित्रका तीन वोटा जिल्लामा र उपत्यका बाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने निर्णय गरिएको छ । सरकारले गत २६ असारबाट निजी-सवारी साधनको जोर-विजोर प्रणाली हटाएको थियो ।

कोरोना संक्रमणको जोखिम बढे सँगै विज्ञहरुले जोर-विजोर लागूगर्न सुझाब दिएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाब दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *