महिलाले आफुलाइ कुखुरा ठानेपछि…

साउन २१
एजेन्सी

बिश्वमा अनेकौ अचम्म लाग्दा घटना घट्ने गर्दछन। यस्तै एउटा घटना बेल्जियममा पनि घटेको छ। बेल्जियमको केयू ल्यूभेन युनिभर्सिटीका डाक्टरले ५४ वर्षीया महिलाले आफूलाई कुखुरा ठानेर त्यस्तै व्यवहार गरेको रोचक घटनाबारे जानकारी दिएका छन् ।

नाम नखुलाइएकी ती विवाहित महिलाको एक फार्मेसीमा राम्रै जागिर थियो । उनी हालसम्म मदिरा र ड्रग्स केहीको लतमा परेकी छैनन् । एकदिन उनका भाइले आफ्नी दिदीलाई कुखुराले झैं कराइरहेको भेटे । दिदीले गाला फुलाइरहेको र कुखुराले झैं व्यवहार गरेर कराएको देखेपछि उनका भाइले उनलाई नजिकैको अस्पताल पुर्याए । अस्पताल पुगेपछि ती महिलाले डाक्टरलाई आफू कुखुरा भएको र खुट्टामा नयाँ अनुभव भइरहेको बताइन् ।

ती महिलामा एकाएक जोआनथ्रोपी देखिएको थियो । जोआनथ्रोपी एक मानसिक विकार हो जसबाट पीडित मानिसले आफू कुनै जनावर भएको ठान्छन् । ती महिलाको शल्यक्रिया गरियो तत्पश्चात् उनी आफ्नो पुरानै परिचयमा फर्किएकी छिन् र आफूले गरेको त्यो रोचक व्यवहार उनलाई याद नै छैन । जब उनको परिवारले उनलाई अस्पताल ल्याउनुको कारण बारे बतायो तब उनी निकै लज्जित भएको डाक्टरको रिपोर्टमा उल्लेख गरिएको छ ।

अडिटी सेन्ट्रल

Leave a Reply

Your email address will not be published. Required fields are marked *