सरकारको साथ् पाए सिनेमा रिलिज गर्न तयार छौंः अध्यक्ष अधिकारी

काठमाडौं । कोरोना माहामारीको नियन्त्रणका लागी चैत्र ११ गतेदेखि लकडाउन भएसँगै चलचित्र उद्धोग पनि ठप्प भएको छ । अहिले लकडाउन खुलेको भएपनि हल नखुलेको कारण अझै पनि चलचित् क्षत्र सुचारु हुन सकेको छैन । चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिएमा सिनेमा रिलिज गर्न तयार रहेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् । संघले सरकारसँग विभिन्न माग राखेको र ती माग पुरा भएको अवस्थामा चलचित्र रिलिज गर्न आफुहरु तयार रहेको अधिकारीले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
लकडाउन भएयता चलचित्र क्षेत्र पूर्ण रुपमा बन्द भएको छ । चैतदेखि जेठसम्म प्रदर्शनका लागि मिति लिएर बसेका २३ देखि २५ वटा सिनेमा, पोस्टप्रोडक्सनमा रहेका २० वटा सिनेमा तथा केही दिनको छायांकन भएर रोकिएका १५ वटा सिनेमाको तथ्यांक संघमा प्राप्त भएको अधिकारीले बताएका छन् । यसका साथै कुल ७५ वटा सिनेमा पनि लकडाउन खुल्नासाथ छायाँकनमा जान तयार रहेको अधिकारीले बताए ।