उपत्यकामा एकैदिनमा यति धेरै संक्रमित..

काठमाडौं । पछिल्लो २४ घण्टामा कुल २ सय ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ती मध्य उपत्यकामा मात्रै ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्य ४८ जना काठमाडौंका, १३ जना भक्तपुरका र १ जना ललितपुरका रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको हो । उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट कुल १० हजार ८ सय ५३ नमुना संकलन गरिएको थियो । कुल १० हजार ८ सय ५३ स्वाब परिक्षणमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी जम्मा ४० जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *