फ्लोरिडा ओपन च्याम्पियनसिपमा नेपालको हात लाग्यो १ स्वर्ण सहित ३ पदक..

काठमाडौं । फ्लोरिडा ओपन अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालले एक स्वर्णसहित कुल तीन पदक जितेको छ । ओङ्स तेक्वान्दो एकेडेमीले आयोजना गरेको उक्त च्याम्पियनसिपमा नेपालले एक स्वर्ण तथा समान १÷१ रजत र कांस्य पदक जितेका हुन् ।  नेपालका लागि राजु नगरकोटीले  स्वर्ण, सञ्जीव नेपालले रजत तथा सन्दीपा अमगाईंले कांस्य पदक जितेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उक्त च्याम्पियनसिपमा अष्ट्रेलिया, क्यानडा, अमेरिकी, फिलिपिन्स, मलेसिया, सिंगापुर, डेनमार्क तथा स्लोभानियालगायत राष्ट्रले प्रतिस्पर्धा गरेका थिए भने च्याम्पियनसिपमा क्याडेट, जुनियर तथा सिनियरतर्फ प्रतिस्पर्धा भएको थियो । च्याम्पियनसिपमा आयोजक अमेरिकी पहिलो भएको थियो भने फिलिपिन्स र सिंगापुर क्रमशः दोस्रो र तेस्रो भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *